स्टेडियममा शंकास्पद वस्तु भेटिएपछि म्यानचेष्टर युनाइटेड र बर्नमाउथबिचको खेल रोकियो

 इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम हप्ताको म्यानचेष्टर युनाइटेड र बर्नमाउथबिचको खेल रोकिएको छ । म्यानचेष्टर युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा शंकास्पद वस्तु भेटिएपछि खेल रोकिएको हो । शंकास्पद वस्तु भेटिएपछि स्टेडियमको २ खण्डका दर्शकलाई बाहिर निकालिएको छ । प्रिमियर लिगमा अन्तिम चरणको खेल एकै समयमा हुने व्यवस्था छ । म्यानचेष्टर युनाइटेड र बर्नमाउथबिचको खेल रोकिए पनि अरु खेल भने भएका छन् ।

Comments