कान्तिपुर राष्ट्रिय दैनिक

भाद्र ३१, २०७३- चार दिने भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको मुख्य दिन आज हो । उनी आज बिहानैदेखि धेरै औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । बिहान ९ बजे दाहालको राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन हुने छ । त्यसैगरी, ९ बजे र ३० मिनेट जाँदा दाहाल महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्नको लागि राजघाटमा जाने कार्यक्रम छ ।
सवा १० बजे दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटघाट गर्नेछिन् । साढे एघार बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
त्यसैगरी, एक बजे केही सहमति पत्रमा हस्ताक्षर तथा प्रेस विज्ञप्ति जारी गर्ने कार्यक्रम छ ।
चार बजे भारतीय अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्री दाहाललाई भेट्ने कार्यक्रम छ । त्यसैगरी साढे चार बजे भारतीय ऊर्जामन्त्री पियूष गोयलले दाहाललाई भेट्ने कार्यक्रम छ ।
६ बजे दाहालले भारतीय राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ । बेलुका सवा सात बजे दाहालले होट ताज महलमा भारतीय व्यापारीहरुलाई भेट्ने कार्यक्रम छ ।


source- http://bit.ly/2csiUzL

Comments