Unseen War From India

india and indian people always dominate to orther country and other citizen , yesterday indian police enter into nepal and  killed nepali citizen  ,,,,,,the things is that there is no reason ,,what does india want ??? will this domaniting thought of indian government will end ,,,,,not only nepal all the south asian country are being victim of indian ,,,,,,

प्रधानमन्त्री प्रचण्डले कञ्चनपुर घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै कुनै पनि किसिमको हस्तक्षेप आफूहरुलाई सह्य नभएको बताएका छन्।
उनले कञ्चनपुर घटनालाई संकेत गरेपनि त्यसलाई नै हस्तक्षेप भनी प्रष्ट रुपमा उल्लेख भने गरेनन्।
शुक्रबार कञ्चनपुरका केही राजनीतिक नेताहरुसहितको एक टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले दोषीमाथि कारबाहीका लागि भारतीय उच्चतहसम्म कूटनीतिक पहल भएको पनि बताए।
कञ्चनपुरको सीमावर्ती क्षेत्रमा 'कल्भर्ट' निर्माणको विषयमा विवाद चर्कदैं जाँदा बिहीबार भएको हिंसात्मक घटनामा स्थानीयवासी गोविन्द गौतमको ज्यान गएको थियो।
गृह र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै बक्तव्य जारी गरी भारतीय सशस्त्र सीमा बल एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको जनाएका छन्।
नेपालस्थित भारतीय दूतावासले भने बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा सन्देश लेख्दै कञ्चनपुरको आनन्दबजार नजिकको क्षेत्रमा एसएसबीले गोली चलाएको कुनै घटना नभएको बताएको थियो।
तर शुक्रबार एउटा वक्तव्य जारी गर्दै भारतीय विदेश मन्त्रालयले एसएसबीले घटनाबारे छानविन अघि बढाएको जनाएको छ।
भारततीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बाग्लेले छानविनमा सहजीकरणका लागि पोष्टमोर्टम प्रतिवेदनबारे भारतीय पक्षलाई जानकारी दिन कूटनीतिक माध्यममार्फत नेपाललाई आग्रह गरिएको जनाएका छन्।

'निन्दनीय'

नेपाल र भारतका अधिकारीहरुबाट परस्परविरोधी भनाइ आइरहंदा प्रधानमन्त्री प्रचण्डले पनि शुक्रबार आफ्नो मुख खोलेका हुन्।
उनले भने, "नेपाल सरकारले यो विषयको संवेदनशीलता र गम्भीरता विचार गरेर कूटनीतिक रुपमा राख्नुपर्ने कुरा राखेको छ। सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकको नाताले कुनै पनि खालको हस्तक्षेप निन्दनीय छ भनेर भनिएको छ"।
उनले मृतक गोविन्द गौतमलाई शहीद घोषणा गर्ने प्रक्रिया पनि शुरु गरिएको जानकारी दिए।
मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने तथा उनका सन्तानलाई सरकारले पढाइदिने पनि प्रधानमन्त्रीले बताए।
उनले आक्रोश देखाएर समस्याको समाधान नहुने भन्दै सिमानामा संयम अपनाउन पनि अपील गरेका छन्।

Comments